Aamsanchar

मोटरसाइकलको ठक्करबाट मोरङमा वृद्धाको मृत्यु

Author Image
बिहिवार, चैत १९, २०७७

विराटनगर –मोरङको रतुवामाईमा मोटरसाइकलको ठक्करबाट बुधबारसाँझ एक जना वृद्धा महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी ताजपुरीयालाई रंगेली अस्पतालका चिकित्सकले साँझ ६:३० बजेतिर मृत घोषित गरेका हुन् । रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि रंगेली लगिएको डीएसपी राईको भनाइ छ ।

मोटरसाइकल र चालक रतुवामाई–३ का १८ वर्षीय अक्षयकुमार ताजपुरीयालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी उनले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर