Aamsanchar

बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौलाको शव जंगलमा फेला

Author Image
आइतवार, चैत २२, २०७७

बिर्तामोड-  झापा बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको शव मेचीनगर १२ को चारआली बनमा फेला परेको छ । बिर्तामोड ५ निवासी ५० बर्षीय निरौलाको शव आज बिहान जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले  अनुसन्धानका लागी तालिमप्राप्त कुकुर सहितको बिशेषज्ञ प्रहरीहरुको टोली धरानबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको बताइएको छ । 

Views: 703

प्रतिक्रिया (०)

सम्बन्धित खबर