Aamsanchar

गोठमा आगलागी हुँदा दुई बालिकाको ज्यान गयो

Author Image
बुधवार, चैत २५, २०७७

प्यूठान- प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालिकाको ज्यान गएको छ । बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल राना र तीन वर्षीया चन्द्रकला रानाको ज्यान गएको स्थानीय किशोर रानाले जानकारी दिनुभयो ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँले बताउनुभयो । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर