Aamsanchar

सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने झापाका बिजु पक्राउ

Author Image
शुक्रवार, चैत २७, २०७७

काठमाडौं – सुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय बिजुलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले बताए । मोरङको केराबारी गाउँपालिका–९ मा डेरा गरेर बस्ने बिजुले ईटहरीमा लुट आतंक मच्चाउँदै आएका थिए ।

पसल बन्द गरेर घर फर्किने महिलालाई टार्गेट गरेर उनले सिक्री र झोला लुट्ने गरेका थिए । को.८प १२३६ नम्बरको मोटरसाईकलमा चढेर उनले हिँड्दै गरेको अवस्थामा लुटेर भाग्ने गरेको डिएसपी केसीले बताएका छन् । ‘साँझपख पसल बन्द गरेर हिँडेका महिलालाई उनले टार्गेट गर्ने गरेका थिए’ डिएसपी केसी भन्छन्–‘सुन र पैसा लुटेको ७ वटा घटनाका पीडितहरु हाम्रो सम्पर्कमा आएका छन् ।’ ०७७ पुसपछि उनले ईटहरीमा ७ ठाउँमा लुटपाट गरेका हुन् ।

मोटरसाईकलमा एक्लै हिँड्ने बिजुलाई लामो सर्भिलेन्स पछि ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । गत पुस २५ मा ईटहरी–९ बिपी चोकमा एकजना महिलाको लेडिज ब्याग तानेर उनले ३ लाख नगद लुटेका थिए । झोलामा टार्गेट गर्ने बिजु झोला नबोक्ने महिला बाटोमा भेटिए सिक्री लुटेर मोटरसाईकलमा हुँईकिन्थे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर