Aamsanchar

सरकारले वितरण गरेको पदकमा नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालको विरोध

Author Image
शनिवार, चैत २८, २०७७

काठमाडौं : राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍यायाएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूहनिकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेका थिइन्। तर ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ।

त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए।

उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर