Aamsanchar

नेपाल दशनामी समाज झापाद्धारा जग्गादाताहरु को प्रथम स्मृति सभा

Author Image
सोमवार, चैत ३०, २०७७


बिर्तामोड । नेपाल दशनामी समाज झापा जिल्ला कार्य समितिले जग्गादाता स्व. मानबहादुर र स्व. भगवती गिरीको प्रथम स्मृति सभा सम्पन्न गरेको छ ।
अर्जुनधारा–११ स्थित बुट्टावारीमा रहेको दशनामी भवनमा शनिवार स्मृति सभा गरेको हो ।

समाजका झापा अध्यक्ष अध्यक्ष खिलबहादुर गिरी राजुको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत झापा वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले गरेको कार्यक्रममा स्व. मानबहादुर गिरीको संक्षिप्त जीवनी बारे झापा उपाध्यक्ष सत्यरुपा बनलले प्रस्ट पारेकी थिइन् ।

स्व. मानबहादुर गिरीका छोरा कृष्ण गिरीले पिताले समाजलाई दिएको जग्गामा भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा केन्द्रिय सल्लाहकार केदारप्रसाद गिरी, केन्द्रिय कोषाध्यक्ष डम्वर बन, केन्द्रिय सदस्य लवकुश गिरी, जिल्ला महिला अध्यक्ष पार्वत गिरी, क्षेत्रिय अध्यक्ष गणेश पुरी, सूर्यप्रसाद गिरी, शिवलाल गिरी, युवा संघ झापा अध्यक्ष गोविन्द गिरी, प्रदेश १ सदस्य वालकृष्ण गिरी, बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, अर्जुनधारा अध्यक्ष होमनाथ पुरी, कनकाई अध्यक्ष नारद गिरी, मेचीनगर अध्यक्ष ध्रुव गिरी, भद्रपुर अध्यक्ष खेमराज गिरी, गौरादह अध्यक्ष खगेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्व. मानबहादुर र भगवती गिरीका छोरा बुहारी हरिलाल र देवी गिरी, कृष्ण र मधु गिरी, छोरी ज्वाई कुन्ति र अच्युत पुरीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पूर्व झापा सचिव शिव गिरीले गरेका थिए ।

Views: 863

प्रतिक्रिया (०)

सम्बन्धित खबर