Aamsanchar

छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु

Author Image
बुधवार, वैशाख १, २०७८

विराटनगर – घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विवादमा छोरा अजयले कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो । कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

चैत २९ गते पनि छोराको कुटाइबाट विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको थियो । शनिबार राति विवादका क्रममा माइलो छोरो रविले धकेल्दा विकोको घाँटीमा बासको भाटाले छेडेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर