Aamsanchar

धार्मिक विविधतामा नेपाल धनी

Author Image
बुधवार, कार्तिक ३, २०७३

दमक ।images

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले नेपाल विभिन्न धर्म तथा समुदायको बसोबास भएकाले सबै धर्म, संस्कृतिको संरक्षण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

धार्मिक विविधताले विश्वमा नै नेपाल आफैँमा सुन्दर र धनी भएकाले यसको संरक्षणमा सबैले जोड दिनुपर्ने उहाँको भनाइ छ । इलामको चुलाचुलीस्थित हात्तीलेदामा किरात धर्मगुरु देवबहादुर तुम्बापोसँग आज बिहान दर्शन भेटमा सहभागी हुनुहँुदै राज्यमन्त्री जवेगुले किरात धर्म प्राचीन धर्म भएकाले यसको संरक्षण र जगेर्ना गर्न सबै लाग्नुपर्छ भन्नुभयो । किरात धर्म विशिष्ट भएकाले पनि यस धर्मका अनुयायी बढ्दो छ, उहाँको भनाइ थियो ।

त्यसक्रममा उहाँलाई धर्मगुरु तुम्बापोले आर्शीवचनसमेत दिनुभएको थियो । धर्मगुरु तुम्बापोले किरात धर्मभित्र सबै समुदायले ग्रहण गरिरहेकाले यसले समाज रुपान्तरणमा सघाउ पु¥याएको चर्चा गर्नुभएको थियो । दमकका विभिन्न कार्यक्रममा सहभागी हुन मङ्गलबार आउनुभएका राज्यमन्त्री जवेगु आज बिहान काठमाडाँै फर्किनुभएको छ ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर