Aamsanchar

कोरोनाको कारण थप ३५ जनाको मृत्यु, करिव ५ हजार संक्रमित थपिए

Author Image
बिहिवार, वैशाख १६, २०७८

काठमाडौं । वितेको २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ८८ रहेको छ ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर