Aamsanchar

फेसबुकमा चिनजान भएर विवाह गर्दा प्रहरीको फन्दामा

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

[प्रकाश धौलाकोटी]

तेह्रथुम,

sad-facebook-user-e1443336043893

फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उहाँकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्ग नगरपालिका–१० का बलबहादुर तामाङ र उहाँकी कान्छी श्रीमती सीता पुनलाई पक्राउ गरेको हो ।

घरमा भएका श्रीमती र छोरा–छोरीलाई भुलेर फेसबुकको साइनोलाई विवाहमा परिणत गर्दा गाउँ फर्किए लगत्तै जेठी श्रीमतीको उजुरीपछि तामाङको जोडीलाई प्रहरीले पक्रेको हो । ३८ वर्षे तामाङले फेसबुकबाट चिनेकी दाङको धर्ना–२ कि १९ वर्षे सीता पुनसँग नेपाल फर्केपछि असोज २८ गते विवाह गरेका थिए । जेठी श्रीमती असारी तामाङको उजुरीपछि तामाङलाई उनकी कान्छी श्रीमतीसहित पक्राउ गरिएको हो ।

यस्तै २६ वर्षे कालिकोटेले हेटौंडाकी २५ वर्षे सम्झनासँग असोज २१ गते दोश्रो विवाह गरेको र उनकी जेठी श्रीमती पुनम विकको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो ।

विदेश गएका श्रीमानले अर्की श्रीमती ल्याएको आफूले ढिलोमात्र थाहा पाएपछि कात्तिक–२ गते प्रहरीमा उजुरी गरेको पुनमले बताउनुभयो । जेठी श्रीमतीको जाहेरीका आधारमा उनीहरु विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)