Aamsanchar

उदयपुरमा दाजुको कुटाइबाट भाईको मृत्यु

Author Image
बिहिवार, वैशाख २३, २०७८

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका एक युवकको आफ्नै दाजुको कुटाइबाट मृत्यु भएको छ । सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट ३६ वर्षीय खुसिलाल चौधरीको बुधबार दिउँसो मृत्यु भएको हो ।

खुसिलाललाई उनका ५० वर्षीय दाजु पुलकित चौधरीले कुटपिट गरी घाइते बनाएका थिए । घाइते खुसिलाललाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि खुसिलाललाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक दाहालले बताए । भाइलाई कुटपिट गर्ने दाजु पुलकितलाई जिल्ला प्रहरी कार्यलय उदयपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर