Aamsanchar

टिकटक बनाउने क्रममा भिरबाट लडेर १८ बर्षीय युवकको मृत्यु

Author Image
शुक्रवार, वैशाख २४, २०७८

उदयपुर- उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरान-५ का १८ बर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएको थिए । उनलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर