Aamsanchar

मोटरसाइकलको ठक्करबाट झापामा पालिकामा कार्यरत कर्मचारीको मृत्यु

Author Image
शनिवार, वैशाख २५, २०७८

झापा-मोटरसाइकलको ठक्करबाट झापामा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। नेपाल बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारी थिए। प्रहरीका अनुसार बुद्धशान्ति १ शान्ति चौकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको होन्डा कम्पनीको मोटरसाइकलले शुक्रबार राति करिब साढे ८ बजेको समयमा सडकमा हिँडिरहेका नेपाललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याएको र उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यता, ठक्कर दिने नम्बर नखुलेको मोटरसाइकलको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)