Aamsanchar

दमकस्थित लाईफलाइन अस्पतालद्वारा भेन्टिलेटर सहितको ३० बेडको कोभिड वार्ड सञ्चालन शुरु

Author Image
आइतवार, वैशाख २६, २०७८

दमक-झापा दमकस्थित सबैभन्दा पुरानो नीजि अस्पताल लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन शुरु गरेकोछ । आईतवार अनौपचारिक कार्यक्रमबीच दमक नगरका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेकाछन् । उनले प्रदेश तथा संघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए ।

कोभिड वार्डका लागि अस्पतालले हाल ईमरजेन्सि सहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो । अस्पतालका मेडिकल डायरेक्टर डा.सुर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवा सहित कोभिडका विरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् । विपतको यो समयमा अस्पतालको तर्फबाट पनि कोभिडका विरामीलाई उपचार गराउनका लागि अस्पतालका सञ्चालकहरु तथा स्वास्थ्यकर्मीहरुले देखाएको तदारुकताले यो सम्भव भएको पनि डा. शाहले जनाएकाछन् ।

अस्पतालका अध्यक्ष डा.मुक्तिनाथ भट्टराईका अनुसार बेड क्षमता अनुसार कसैलाई बिभेद नगरी अस्पतालमा कोभिडका विरामीहरुलाई भर्ना लिईनेछ । यो बिषम अवस्थामा यस क्षेत्रका कोभिडका विरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर हामीले उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेका हौ, भट्टराईले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)