Aamsanchar

झापामा पूर्ण निषेधाज्ञा पालना नभए पछि, जेठ १ गतेबाट थप कडाई गर्ने प्रशासनको तयारी

Author Image
बुधवार, वैशाख २९, २०७८

बिर्तामोड स्थित कृषिथोक क्षेत्रको भिड ।

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निषेधाज्ञालाई थप कडा बनाईने बताएका छन् । जिल्ला समन्वय समिति झापाले जुम मार्फत आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएकाहुन् ।

बैशाख मसान्तसम्म यसभन्दा अघि निषेधाज्ञा जारी भएको छ । पूर्ण निषेधाज्ञा आदेश भए पनि पूर्णरुपमा पालना नभएको जनगुनासो आउन थालेकोले अब कठोर हुनु पर्ने अवस्था आएको तिम्सिनाको भनाई थियो । अब जेठ १ गतेबाट कडा निषेधाज्ञा जारीहुने संकेत गरेका छन् ।

संक्रमणदर र मृत्युदर समेत बढ्दै गएकाले निषेधाज्ञामा कडाई गर्न राजनीतिक दल लगायत सर्वसाधरणको पनि माग रहेको पनि तिम्सिनाले जनाए । सबैलाई निषेधाज्ञा पालना गर्नका लागि मेरो अनुरोध छ, उनले भने ।

Views: 169

प्रतिक्रिया (०)