

झापा –झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा झापा गाउँपालिका र मेचीनगर नगरपालिकाकी एक एक महिला रहेका छन् । कोरोना संक्रमणबाट झापा गाउँपालिका-६ आदर्स टोलकी ४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिए । क्यान्सर रोगले समेत पिडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए ।

मेचीनगर नगरपालिका ९ की ८४ बर्षिय बुढाथोकी थरकी वृद्धाको मृत्युु भएको छ । उनको शनिबार बेलुका १०:१५ बजे विर्तामोड स्थित विर्तासिटी अस्पतालमा उचारको क्रममा निधन भएको परिवारस्रोतले जनाएको छ । केहीदिन अघि कोरोना संक्रमण पुष्टि भएपछि सामान्य समस्या लिएर उपचारको लागि विएण्डसी अस्पताल भर्ना भएकी बुढाथोकीको अस्पतालले चर्को रकम असुली गर्दै स्वास्थ्यमा समेत सुधार हुनुको साटो उल्टै समस्य बढेपछि होम आइसोलेसनमा रहेकी थिइन् ।

उनको स्वास्थ्यमा सुधार हुँदै गएको थियो । पुनस् स्वास्थ्यमा समस्या आएपछी विर्तासिटी अस्पतालमा भर्ना गरिएको उनको उचारको क्रममा निधन भएको हो । योसंगै जिल्लामा कूल संक्रमित मृतकको सँख्या १ सय १७३ पुगेको छ ।


