Aamsanchar

काठमाडौं, मकवानपुर र उदयपुरमा ३ जना मृत फेला

Author Image
सोमवार, जेठ ३, २०७८


विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका-३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-११ लबाहा बस्ने ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पनि खनाखत नभएका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 363

प्रतिक्रिया (०)

सम्बन्धित खबर