Aamsanchar

डेंगु फैलिएको ठाउँमा चिकुनगुनियाको पनि खतरा

Author Image
आइतवार, कार्तिक ७, २०७३

काठमाडौं,

dengue-mosquito-300x250

डेंगु रोग फैलिरहेकाले चिकुनगुनियाको पनि खतरा रहेको डाक्टरले बताएका छन् । परीक्षण गर्ने किट विश्वसनीय नभएकाले पुष्टि भने हुन नसकेको उनीहरुले बताएका छन् ।

चिकुनगुनिया पनि लामखुट्टेको टोकाइका कारण लाग्ने हुँदा जोखिम रहेको सुरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । चिकुनगुनियाको लक्षण डेंगुसँग मिल्दोजुल्दोे हुने डा. पुनले बताउनुभयो ।

ज्वरो आउने, जोर्नी दुख्ने, विमिराहरु आउने जस्ता लक्षण चिकुनगुनियाको भएको उहाँले बताउनुभयो । चिकुनगुनिया भन्दा डेंगुलाई खतरानाक मानिन्छ । डेंगुले रक्तस्राव गराउने भएकाले ज्यान जान खतरा धेरै हुन्छ ।

अरु व्यक्तिको तुलनामा उच्च रक्तचाप, अंग प्रत्यारोपण गरेका व्यक्ति र मधुमेह भएकालाई चिकुनगुनिया हुने खतरा धेरै हुने डा. पुनले जानकारी दिनुभयो । तर यस्ता व्यक्तिलाई चिकुनगुनिया हुनुको कारण भने पत्ता लागिसकेको छैन । नेपालमा रहेको चिकुनगुनिया परीक्षण गर्ने किट विश्वसनीय नहुँदा उपचार समेत प्रभावित हुने गरेको छ ।

लामखुट्टे झनै सक्रिय हुन थालेकाले घरवरपर सफा राखे रोग, पूरा बाउला भएको कपडा लगाए अनि सुत्दा झुल टांगे रोग लाग्ने जोखिम कम हुन्छ ।उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)