Aamsanchar

इटहरीकी उपप्रमुख सब्जि लिएर मायाँ घरमा

Author Image
मङ्गलवार, जेठ ४, २०७८

इटहरीको माया घर र निःशहाय वालवालिका आश्रममा लकडाउनको वेला सब्जि नपाएर समस्या भइरहेको थियो । किन्न जाँउ वाहिर निस्कनै गाहो,फेरी सवै वन्द,किन्ने कहाँ ?,समस्या परिरहेको वेला इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सब्जि लिएर पुग्नुभयो । फूलकोपी,वोडी,करेला,भिण्डी,मुला लगायतको सब्जि थोक विक्रेताहरुवाट जुटाएर माया घर र निःशहाय वालवालिका आश्रम पुग्नुभएको हो । मायाँ घरमा ९९ जना वेवारिसे,असहाय तथा सडक मानवलाई आश्रय दिइएको छ ।

मायाँघरकी सुभद्रा प्याकुरेलले समस्या पर्दा उपमेयरले गर्नुभएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । निःशहाय वालवालिका आश्रममा ४५ जना अनाथ वालवालिका छन । गत बर्षको लकडाउनका वेला पनि मायाँघर र निःशहाय वालवालिका आश्रममा सब्जि सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर