Aamsanchar

विर्तामोड राउण्ड टेवल मास्क वितरण अभियानमा

Author Image
मङ्गलवार, जेठ ४, २०७८

मेचीनगर।  कोभिड १९ को पहिलो लहरमा यसको नियन्त्रण र रोकथाममा सक्रिय भूमिका निर्वाह गरेको विर्तामोड राउण्ड टेवल शाखा २७ ले कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिम कम गर्न पनि अग्रसर देखिएको छ । कोभिड १९ को पहिलो लहरमा इलाका प्रहरी कार्यालय विर्तामोडमा राउण्ड टेवल विर्तामोड शाखा २७ विभिन्न संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरेर सुविधा सम्पन्न र उच्च प्रविधिको डिसइन्फेक्सन टनेल जडान गरेको थियो । हात धुनका लागि व्यवस्थित पानीका ट्याँकी र वेसन समेत शाखा २७ ले जिल्लाका विभिन्न ठाउँमा जडान गरेको थियो ।

यसै क्रममा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिम कम गर्न विर्तामोड राउण्ड टेवल शाखा २७ ले जिल्लाका विभिन्न ठाउँमा उच्च स्तरीय मास्क वितरण गरेको छ । मंगलबार कमिलिया क्लोथिङ लिमिटेड बैङ्ग्लोर र राउण्ड टेवल भारतबाट प्राप्त ५ हजार थान गुणस्तरीय थ्रीवीओ मास्क विर्तामोड राउण्ड टेवल शाखा २७ ले वितरण शुरु गरेको हो ।

पहिलो चरण अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेचीनगर —६ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टा, पत्रकारका संघ संस्थालगायतलाई मास्क प्रदान गरेको थियो । विर्तामोड राउण्ड टेवल शाखा २७ का उपाध्यक्ष सुमित साहेवाला, प्रोजेक्ट कोअर्डिनेटर एवम् विर्तामोड राउण्ड टेवल शाखा २७ का सदस्य शरद जोशी, जनसम्पर्क अधिकारी तथा सदस्य दिपक मित्तललगायतको टिमले ती सामाग्री प्रदान गरेको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई प्रदान गरेको २ सय थान मास्क प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टालाई प्रदान गरिएको १ सय ५० थान मास्क विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले ग्रहण गर्नुभएको थियो । राउण्ड टेवल एउटा सामाजिक संस्था भएकाले समाजका हरेक गतिविधिहरुलाई राम्ररी हेरीरहेको र विभिन्न समस्यामा परेकाहरुलाई मलम लगाउने काम यसले गदैं आएको र यसको संगठन विश्वभर नै छ । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गदैं आएको यस संस्थाको विर्तामोड शाखा २७ ले अहिले कोभिड १९ का विरामी र उनीहरुको परिवारलाई खानालगायत अन्य सेवा प्रदान गदैं आएको जनाइएको छ । पहिलो चरण अन्तर्गत कोभिड १९ को नियन्त्रण र रोकथाममा अग्रभागमा सक्रिय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर