Aamsanchar

एक व्यक्ति एक सिलिन्डर अभियानमा (ईक्यान) झापाको योगदान

Author Image
मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड । झापामा अक्सिजन अभावलाई पुर्तीगर्न एकका लागि एक अभियानले अघि सारेको ‘एक व्यक्ति एक सिलिन्टर’ कार्यक्रममा थुप्रै झापालीहरु र देश विदेशबाट सिलिन्टर वापतको रकम जम्मा गर्ने काम भईरहेको अबस्थामा अभियान प्रति ऐकिवद्धता जनाउदै विभिन्न संघसंस्थाहरुले अक्सिजन सिलिन्टर खरिदका लागि योगदान गरिरहेका छन् । बैंक, नगद अनि चेक मार्फत सहयोग जुट्ने क्रममा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापाले तीन लाख रुपैयाँको चेक अभियानलाई प्रदान गरेको छ ।

ईक्यान झापाले मंगलबार अभियानको सचिवालय सहारा नेपाल केन्द्रीय कार्यालय चारपानेमा २० थान अक्सिजन सिलिन्डरबापतको रकम हस्तान्तरण गरेको हो ।

ईक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले अभियानका संयोजक महोन्द्रकुमार गिरीलाई सो रकमको चेक प्रदान गरेका छन् ।
ईक्यानका केन्द्रीय सदस्य तथा झापाका सल्लाहकार पुष्पराज भट्टराई, ईक्यान झापाका उपाध्यक्ष मिलन ओली , कोषाध्यक्ष राज कार्की चेक हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

ईक्यान झापाका अध्यक्ष कट्टेलले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्ने अवस्था नआओस भनेर सहयोग गरिएको बताए ।
कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य गजेन्द्र पौडेलको सहभागिता थियो । अभियानका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कान्तिपुर टीभीका संवाददाता गणेशमान मुखियाले संक्रमितको जीवन बचाउन सहयोग पुगोस भनेर एक थान सिलिण्डरबापत १५ हजार रुपैयाँ प्रदान गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ झापाका निवर्तमान सहसचिव तथा नेपाल टेलिभिजनका संवाददाता इन्द्रजित मुखिया, श्रीमती अनिता, छोरा अदिप र छोरी इश्माले आफ्नो परिवारको तर्फबाट एक थान सिलिण्डरबापत १५ हजार रुपैयाँ प्रदान गरे । मुखियाका नातेदार सुमित्रा मुखिया, मेरिना मुखिया र सञ्जीव मुखियाले समेत एकरएक थान सिलण्डरको रकम प्रदान गरे । उनीहरुको तर्फबाट सो रकम पनि इन्द्रजितले प्रदान गरेका थिए ।

अक्सिजन अभावमा धेरैको ज्यान गइरहेको तथा झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुन थालेपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक गिरीका अनुसार तत्काललाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद गरिएको र थप सिलिण्डर चीनबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
यो समाचार तयार पार्दा सम्म ३० लाख रकम संकलन भइसकेको छ ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।
अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लगभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।
सहारा नेपाल साकोस र अन्तर्राष्ट्रिय झापाली समाजले अक्सिजन वैंकका लागि एकरएक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर