Aamsanchar

आँगनमा गोहीको बच्चा फेला प¥यो

Author Image
सोमवार, कार्तिक ८, २०७३

कञ्चनपुर ।

download

कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ ।

घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको रेञ्जपोस्टका प्राविधिक उत्तमबहादुर विष्टले बताउनुभयो ।
फेला परेको गोहीको बच्चाको तौल १० किलो रहेको उहाँले जानकारी दिनुभयो । गोही आरक्षको कालीकिच सीमसार क्षेत्रबाट यहाँ आएको हुनसक्ने बताइएको छ ।
ठूलो परिमाणमा बेवारिसे पटाका बरामद

यसैगरी कञ्चनपुरको भीमदत्तगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट प्रहरीले आइतबार साँझ ठूलो परिमाणमा बेवारिसे अवस्थाको पटाका बरामद गरेको छ ।
तिहारलाई लक्षित गरी भारतीय सीमावर्ती बजारबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो सानो आकारका दुई बोरा पटाका बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।
पटाका ल्याउनेले प्रहरी देख्ने बित्तिकै भागेकाले पक्राउ गर्न नसकिएको उहाँको भनाइ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)