Aamsanchar

मेचीनगरका वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन

Author Image
शनिवार, जेठ ८, २०७८

झापा- कोरोना सङ्क्रमणबाट झापास्थित मेचीनगर नगरपालिका-७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ। उनको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शनिबार बिहान साढे ११ बजे मृत्यु भएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष मेचेलाई बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो। वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको उनलाई वैशाख २८ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई अस्पतालको भेन्टिलेटरमा ५ दिनसम्म राखिएको थियो।

वडाध्यक्ष मेचे आदिवासी जनजाति संघका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आखातका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन्। उनको श्रीमती, तीन छोरा र बुहारी रहेका छन्। उनको शवलाई नेपाली सेनाको सहयोगमा निन्दा नदीमा दाहसंस्कारको गरिने जनाइएको छ। त्यस्तै, बुबाको मृत्यु भएको एक साताभित्रै कोरोना सङ्क्रमणबाट उनको छोराको मृत्यु भएको छ।

हल्दीबारी गाउँपालिका-१ गोलधाप निवासी ३० वर्षीय पुरुषको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हल्दीबारी स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए। उनलाई जेठ २ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। उनको बुबालाई पनि कोरोना संक्रमणको लक्षण देखिएपनि कोरोना पुष्टि हुन नपाउँदै मेची अस्पतालमा उपचारको क्रममा वैशाख ३० गते मृत्यु भएको थियो। मृतकका परिवारका एक बालकसहित परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएको छ। उनका परिवार केही दिनअघि अन्यत्र जिल्लामा विवाहमा गएका थिए। त्यहाँबाट आएपछि परिवारमै कोरोना देखिएको हो।

Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर