Aamsanchar

महासङ्घद्वारा दुःख व्यक्त

Author Image
सोमवार, कार्तिक ८, २०७३

काठमाडौँ।

press1-300x163

नेपाल पत्रकार महासङ्घले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा ‘राजधानी’ दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश बस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात व्यक्तिले फोनबाट धम्की दिइएकोप्रति दुःख व्यक्त गरेको छ ।

आइतबार साँझ ‘राजधानी’ दैनिकमा फोन गरी सम्पादक शर्मा, प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका समाचार सम्पादक बस्नेत एवम् वरिष्ठ समाचारदाता कार्कीलाई जिउज्यानसम्बन्धी धम्की दिएको बताइएको छ ।

महासङ्घले सो घटनाको भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा लिई कारबाही अघि बढाउन तथा पत्रकार र सञ्चारमाध्यमलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन सकारसँग माग गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर