Aamsanchar

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Author Image
सोमवार, कार्तिक ८, २०७३

झापा।

hatya
झापाको गौरीगंज-७ स्थित सुदामभिट्टामा सोमबार श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगंज-७ सुदामभिट्टा बस्ने ४५ बर्षिय फुलो देवी यादव रहेकी छिन्। यादवलाई सोमबार विहान ८ बजे ५० बर्षिय हरी नारायण यादवले घरायसी बिवादको निहुँमा कुटपिट गरेका थिए। कुटपिटबाट यादवको घटनास्थलमै मृत्यु भएको हो।

कुटपिट पश्चात हरी नारायण फरार भएका छन्। उनको प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर