Aamsanchar

स्थानीय तह कर्मचारी हकहित मञ्च नेपालको केन्द्रिय संयोजन समितिमा झापाबाट उदय मैनाली चयन

Author Image
सोमवार, जेठ १०, २०७८

बिर्तामोड ।  स्थानीय तह कर्मचारी हकहित मंच नेपालको केन्द्रीय संयोजन समितिमा झापाबाट उदय मैनाली चयन भएका छन् ।

देशभरीका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षण गरी सामूहिक सौदा बाजी गर्न स्थानीय तह कर्मचारी हकहित मंच नेपालको केन्द्रीय संयोजन समिति गठन भएको हो ।

बेदराज अधिकारीको समयोजकत्वमा गठित १६ सदस्यीय समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व चयन गरिएको छ । उक्त समितिमा प्रदेश १ बाट सदस्यमा उदय मैनाली र सञ्जु दाहाल सदस्य चयन भएका हुन ।

अन्य सदस्यमा प्रदेश २ बाट गौरब लामिछाने र सरोज यादव, बागमती प्रदेशबाट निमकिरण डाँगी र कबिता चौहान, गण्डकीबाट सुबोध खनाल र युवराज पौडेल, लुम्बिनीबाट ओम राना क्षेत्री र पवन बूढा, कर्णलीबाट रेशम रेग्मी र मेघराज खत्री तेसैगरी सुदूरपश्चिम बाट सुरजप्रसाद जोशी र नीरज धामी रहेका छन् । उक्त समितिको सदस्य सचिबमा भने बीरबहादुर विष्टलाई चयन गरिएको छ ।

देशभर संगठन विस्तार गरी छिटै महाधिवेशन गर्ने, विधानलाई अन्तिम रूप दिने तथा स्थानीय तहका कर्मचारीको बिधमान समस्यालाई राष्ट्रीय रूपमा उठान गर्दै आफ्नो अधिकारको लागी अगाडी बढने कार्यभार सहित गठित समितिले बिगत केही समयदेखी चर्चामा रहेको कर्मचारीको छाता ऐन संघीय निजामति ऐनमा राखिनु पर्ने स्थानीय तहका कर्मचारी सम्बन्धी ब्याबस्थाहरूलाई समेट्न विभिन्न ट्रेड यूनियन तथा आधिकारिक ट्रेड यूनियन सँग बैठक तथा ज्ञापन पत्रहरू बुझाउने कार्य गरीरहेको सदस्य मैनालीले बताए ।

Views: 282

प्रतिक्रिया (०)