Aamsanchar

सरसफाई अभियानलाई सामग्री प्रदान

Author Image
बुधवार, कार्तिक १०, २०७३

झापा ।

14872492_1147612345317930_638086204_n

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा प्रत्येक हप्ताको शनिबार विर्तामोड क्षेत्रमा गरिदै आएको सरसफाई अभियानलाई सहयोग गर्दै विर्तामोड नगरपालिका क्षेत्रका विभिन्न हार्डवेयरहरुले विभिन्न सामानहरु प्रदान गरेका छन् ।

विर्तामोड क्षेत्रमा रहेका मनिष आयरन स्टोर, कमल हार्डवेयर, शिवशक्ति हार्डवेयर, श्री ओम हार्डवेयर, नेपाल मेशिनरी, जय हनुमान ट्रेडलिङ्क,साई मेशिनरी, ईष्र्टन मेशिनरी, पुजा इलेक्ट्रोनिस र त्रिदेव हार्डवेयर लगायतका पसलहरुले सरसरफाई अभियानमा आवश्यक सामग्री हस्तान्तरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

उनका अनुसार बेल्चा लगायतका ४० हजार मुल्य बराबरको सामानहरु सरसरफाई टोलीलाई प्रदान गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर