

झापा- झापामा बुधबारदेखि दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईँदै छ । झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्रसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज लगाइने स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । यो खोप पहिलो मात्रामा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ । झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सँख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर , खोप १३ हजार मात्र आएको छ । जिल्लाका सबै पालिकाहरुलाई मिलाएर खोप उपलब्ध गराइएको चौलागाईले बताए । कूल जनसँख्याको १.७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ ।

