Aamsanchar

पानीमा हैजाको किटाणुु

Author Image
शनिवार, कार्तिक १३, २०७३

धादिङ,

download (1)

उपभोक्ताहरुले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको किटाणुभेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको किटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जिवन मल्लले जानकारी दिनुुभयो ।

नौबिसे र थाक्रे गाविसका विभिन्न २५ स्थानबाट पानीको नमूना लिइएकोमा हैजाको किटाणु भेटिएपछि सावधानी अपनाइएको छ । त्यस क्षेत्रका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो ।

महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाइ महामारी फैलन नदिएकोले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताउनुुभयो ।

पानीमा हैजाको किटाणु भेटिएको र पानीका हैजाको किटाणुभेटिएको क्षेत्रका सबै घरमा पानी निर्मलिकरण गर्न पिउस वितरण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर