Aamsanchar

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

Author Image
शनिवार, कार्तिक १३, २०७३

धनकुटा  ।

Accident

धनकुटाको छिन्ताङमा शुक्रबार राति गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनकुटाको मूलघाटवाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २७२२ नम्बरको महेन्द्र पिकअप ब्रेक फेल भई छिन्ताङ गाविस वडा नं. ८ सिम्ले भन्ज्याङमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्युको हो ।

मृत्यु हुनेमा भोजपुर होम्ताङका प्रितिमान राई र धरान उपमहानगरपालिका वडा नं. १ शिखर टोलकी सुशिला सुशिला श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

गाडीमा ५ जना यात्रु थिए । गाडी सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर