Aamsanchar

बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोडकी टुकादेवि पक्राउ

Author Image
शुक्रवार, असार १८, २०७८

झापा । बैंकिङ कसुर मुद्धामा फरार रहेकी झापा बिर्तामोड नगरपालिका वडा नम्बर–४ निवासी टुकादेवि मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले २०७६ साल मंसिरमा बैंकिङ कसुर मुद्धामा एकदिन कैद र १७ लाख जरिवाना र पिडित राहत कोषमा ६८ हजार जम्मा गर्नु पर्ने निर्णय गरेपछि फरार बनेकी मिश्रलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउगरी जिल्ला अदालत झापामा उपस्थित गराई सजाय भुक्तानको लागि झापा जिल्ला कारगार चन्द्रगडी चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

Views: 281

प्रतिक्रिया (०)