

झापा- झापामा निषेधाज्ञा थप खुकुलो बनाउदै समय थपिएको छ । डिसीसीएमसी झापाको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मलाई थपिएको छ । यस्तै सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाबाट जारी आदेशमा अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक यातायात जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न दिइने उल्लेख छ । लामो दुरीका सवारी साधन भने झापा, इलाम, मोरङ र सुनसरी गरी चार जिल्लामा मात्र सञ्चालन गर्न पाइने छ । पसल व्यवसायको हकमा यस अत्यावश्यक सेवा वाहेकका पसलहरु विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिने जनाइएको छ । सो अवधिमा होटल तथा रेष्टुरेन्टहरु समेत सञ्चालनमा आउने छन् ।







Views: 171

