Aamsanchar

स्नातकका परीक्षार्थीले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने

Author Image
शुक्रवार, असार २५, २०७८

काठमाडौं – कोभिड–१९ ले रोकिएका त्रिभुवन विश्वविद्यालय९त्रिवि०को स्नातक प्रथम वर्षको परीक्षा १० साउनबाट हुँदैछ । करिब ३ वर्षपछि हुन लागेको परीक्षामा आफू अध्ययनरत क्षेत्रमा परीक्षा दिन नसक्नेले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने भएका छन् । कोभिड र बाढी पहिरोका कारण आफू अध्ययनरत क्षेत्रमा बस्न नपाएका विद्यार्थीले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रक प्रा। डा। पुष्पराज जोशीले जानकारी दिए । यसका लागि १८ असारमा त्रिवि प्राज्ञिक परिषद्को बैठक बसेको थियो । उक्त बैठकको निर्णय अनुसार एकपटकको लागि मात्र परीक्षा केन्द्र छनोट गरी पनिकाको वेभ साइटमा तोकिएको परीक्षा केन्द्रमध्येबाट पायक पर्ने जिल्लाभित्रको तोकिएको परीक्षा केन्द्र छनोट गर्न दिइएको हो ।

यस्तै, स्नाकोत्तको सेमेष्टरतर्फको तेस्रो सेमेष्टरको परीक्षा २० साउनबाट हुँदैछ । २५ भन्दा बढी विषयमा हुन लागेको सो परीक्षा भने जहाँ विद्यार्थीले पढेका हुन् सोही ठाउँबाट दिनुपर्ने परीक्षा उप–नियन्त्रक तारा भुसालले बाह्रखरीलाई बताए । उनले स्नातकको जस्तो स्नाकोत्तरमा सम्भव नभएको र परीक्षाका लागि तालिका सार्वजनिक भइसकेकोले बताए । सो परीक्षामा करिब ८ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

यसैगरी त्रिविले पहिलो सेमेष्टरमा नयाँ भर्ना लिन सुरु गरेको छ । अनलाइनबाटै फारम भर्न मिल्ने सो भर्ना १८ असारबाट सुरु भएको हो । २८ साउनमा इन्ट्रान्स एक्जाम हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर