उदयपुर, ।
उदयपुरको तपेश्वरी गाविसमा टिका लगाएर घर फर्कदै गरेका एक बृद्धको सप्तकोशी नदीमा डुबेर ज्यान गएको छ।
तपेश्वरी गाविस १ रामनगर टप्पु बस्ने अन्दाजी ८६ वर्षिय सांगे तामाङको बैनीसंग टिका लगाएर फर्कनेक्रममा खोलाले बगाँउदा मृत्यु भएको हो।
मंगलबार बिहानै टिका लगाउन भनेर बैनीको घरतर्फ हिडेका उनी साँझ अबेरसम्म घर नआएपछि बुधबार खोजी गर्नेक्रममा उनको शव कोशी नदीको भङालोबाट भेटिएको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट टोली खटिगई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 201