काठमाडौं ।
अमेरिकाको अलाबामामा नाकै नभएको बच्चा जन्मिएको छ । ब्रान्डी मकग्लाथरीले यस्तो नासिकाविहीन बच्चा जन्माएकी हुन् ।
सन् २०१५ को मार्च ४ मा जन्मेका एली टमसनको नाकै छैन । गर्भमा छँदै चिकित्सकहरूले आमा ब्रान्डीलाई नाक नभएको बच्चा जन्मिँदैछ भनी जानकारी गराएका थिए ।
यस्तो अवस्थालाई कन्जेनिटल अर्हिनिया भनिन्छ र यो अत्यन्त दुर्लभ रोग हो । अहिलेसम्म यस्तो रोग जम्मा ४७ जनालाई लागेको पाइएको छ ।
चिकित्सकहरूले के गर्ने भनी खुट्याउन नसकेपछि एलीलाई अस्पतालमै राखेका थिए । आमा ब्रान्डीलाई छोरो बाँच्छ कि मर्छ भन्ने चिन्ताले सताएर १५ १५ मिनेटमा फोन गरिरहन्थिन् ।
पछि चिकित्सकहरूले समस्या पत्ता लगाए । एलीले एकैचोटि खान र सास फेर्न सक्दैनन् । त्यसपछि उनलाई ट्राकियोस्टोमी गरियो र नाक हुनुपर्ने ठाउँमा प्वाल पारेर सास फेर्न सजिलो बनाए ।
एलीलाई यसपछि पनि थप उपचार गरियो र नाक नभएपनि बाँच्न सक्ने बनाइयो ।
एजेन्सीको सहयोगमा