Aamsanchar

किशोरी बलात्कारको अभियोगमा गुरुङविरुद्ध मुद्दा दर्ता

Author Image
बिहिवार, कार्तिक १८, २०७३

गाईघाट  ।balatkar

उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ ।

पाँच दिनअघि साँझपख घरमा कोही नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र प्रवेश गरी मुख थुनेर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि गुरुङ जङ्गलतर्फ भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोे थियो ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर