Aamsanchar

देशभरीमा सात सय ७१ जना डेंगुका बिरामी

Author Image
बिहिवार, कार्तिक १८, २०७३

काठमाडौंः

lamkhutte

चिसो मौसमको सुरुवात सँगै डेंगुको संक्रमणबाट बिरामी हुनेको संख्या ७ सय ७१ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन देखि हालसम्म चितवनमा ४ सय ९४ जना, झापामा १ सय ८४, रुपन्देहीमा १८, कैलालीमा १२ र मकवानपुर, वाँके र बर्दियामा ११÷११ जना सहित देशभरी सात सय ७१ जनामा डेंगु भएको पुष्टी भएको छ ।

केहि समयदेखि देशभरका विभिन्न ठाँउमा तिव्र रुपमा फैलिदै गएपनि अहिले पूर्णतया नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तीन चार दिनदेखि कुनैपनि जिल्लामा बिरामीहरु देखिएको भन्ने जानकारी नआएकाले डेंगु पूर्ण नियन्त्रणमा आएको हो ।

साथै प्रभावित जिल्लाहरुबाट किटको माग नआएकाले पनि डेंगु नियन्त्रणमा आएको भन्न सकिने महाशाखाका निर्देशक डा. भिम आचार्यले बताए । स्वास्थ्य मन्त्रालयको सतर्कता अभियान अन्तर्गत लामखुट्टे मार्ने र औषधी उपचार गर्नेक्रम बढेकाले रोग नियन्त्रणमा आएको महाशाखाको दावी छ ।

नेपालले आधिकारिक रूपमा सन् २००६ को नोभेम्बरमा डेंगु देखिएको जनाएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारका हुन्छन् ।

एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो देखिन्छ । डेंगु संक्रमणले गर्दा शरीरको रगत जम्ने (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।कारोबारबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर