Aamsanchar

सुरुंगामा राष्ट्रिय स्तरको फुटबल हुने

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

विनोद पाण्डे, तस्वीर पनि  

 पूर्वमै फुटवल खेलमा ख्याती कमाएको झापा कनकाई नगरपालिका सुरुड्डामा आगामी मङ्सिर ४ गतेवाट सहारा सुरुड्डा गोल्डकप हुने भएको छ । आयोजक संस्था सुरुंगा जेसीजकी अध्यक्ष सरला पोखरेलको अध्यक्षतामा सुक्रबार सुरुंगामा आयोजित पत्रकार सम्मेलन मार्फत फुटवल खेलहुने जानकारी दिईयो हो । विगतका बर्षहरुमा अत्याधिक उत्साहजन रुपमा खेल सम्पन्न गराउदै आएको जेसीजले यस बर्ष अझ उच्च व्यव्सथापनका साथ खेल खेलाउने भएकोे छ । 

2

मङ्सिर ४ गते देखि ११ गते सम्म संचालन हुने चौथो संस्करणको खेलमा मुख्य साजेदारी संस्थाको रुपमा झापा चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था रहेको छ । पत्रकार सम्मेलनमा उपस्थित रहेका सहरा साकोसका कार्यकारिणी प्रमुख महेन्द्र गिरीले सहाराको सेवा क्षेत्र रहेको जिल्लाहरुमा कुनैपनि राष्ट्रिय स्तरको खेल हुनेभएमा सहाराले साझेदारी गर्ने र सुरुड्डामा हुने खेललाई कम्तिमा ३ बर्ष सम्म साझेदारीलाई निरन्तरता दिईने प्रतिबद्धता व्यक्त गरेका छन । खेलमा ए डिभिजनका टिमहरु रमपम झापा ११, हुण्डाई मनाड्ड मस्र्याड्डदी क्लव काठमाण्डौं, त्रिभुवन आर्मी क्लव काठमाण्डौं, ससस्त्र प्रहरी बल काठमाण्डौं, नेपाल पुलिस क्लव काठमाण्डौं,रुपहन्देही ११ बुटवल, सि.एम.जी. संकटा काठमाण्डौं र आयोजक टिम खेलमा सहभागि हुने, टिम व्यवस्थापन समितिका संयोजक भिम भट्टराईले बताए ।

1

२६ लाख ३२ हजार २ सय २२ रुपैयाको अनुमानित खर्चहुने भनिएको खेलमा प्रमुख सझेदारी संस्था सहारा नेपाल साकोसले ५ लाख र त्यसैगरि सहप्रायोजक एन्जल मूभिज प्रा.ली. लगायतका संस्थाहरु रहने भएका छन । खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख ५१ हजार १ सय ११ रुपैया, द्वितीयलाई २ लाख ५१ हजार १ सय ११ रुपैया र म्यान अफ द सिरिजलाई २५ हजार त्यसैगरी म्यान अफ द म्याच हुने खेलाडीलाई १५ हजार राशी बराबर पुरस्कार प्रदान गरिने आर्थिक व्यवस्थान समिति संयोजक कुमारमणी पोखरेलले जनाए ।

3

गत बर्ष भन्दा यस यसबर्ष फुटबल प्रेमी दर्शकहरुले सहजरुपमा खेल हेर्न सक्ने व्यवस्था आयोजकले मिलाउने भएको छ । ४२ सय जनाले खेल हेर्न सक्ने प्याराफिट निर्माण कार्य भईरहेको छ । खेल सम्पन्न गर्न १ सय, २ सयको टिकट लिएर सहयोग गर्ने दर्शकलाई प्यारफिटमा र ५ हजारको टिकट लिएर सहयोग गर्ने १ सय जना र दश हजारको टिकट लिएर सहयोग गर्ने ५० जना दर्शकलाई मञ्चमै कुर्सीमा बसेर खेल हेर्न व्यवस्था आयोजकले मिलाउने भएको छ । 

खेलबाट संकलित रकम मध्य खर्च कटाएर बचेको रकम मध्यवाट खेल मैदान उपलव्ध गराउने विद्यालय कन्काई उच्च माध्यमिक विद्यालयका लक्षीत वर्गका विद्यर्थीहरुलाई छात्रवृद्धी वापत ५१ हजार १ सय ११ रुपैया उपलव्ध गराउने, जेसीजमा रहने फुटबल कोषमा १ लाख छुट्याएर बाकी रकम निर्माणाधिन जेसीज भवनमा खर्च गरिने लक्ष्य लिएको जेसीज अध्यक्ष पोखरेलले बताईन ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर