

झापा- झापामा पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ३५ दशमलव ०७ प्रतिशतमा कोरोना देखिएको छ । ४ सय ३१ जनाको पीसीआर र २ सय २२ जनाको एन्टिजेन गरी ६ सय ५३ जनाको परीक्षण गर्दा २ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै थप २ सय ८० जना निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाले ज्यान गुमाएसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९८ जना पुगेको छ । अहिले झापामा ३ हजार ३ सय ६१ जना आईसोलेसनमा रहेका सक्रिय सङ्क्रमित रहेका छन् ।


Views: 220

