

झापा – प्रहरी हौँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका ७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका ३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री रहेका छन् । प्रहरीले उनीहरूलाई हिजो बिहीवार पक्राउ गरेको हो ।

गएको साउन ११ गते दिउँसो उनीहरू सादा पोसाकमा नयनसरी राजवंशीको घरमा गएर आफूहरू सिभिल प्रहरी हौँ भन्दै राजवंशीलाई पैसा मागेर ठगेका थिए । उनीहरूले तपाईँको छोरा लागुऔषध खानेरबेच्ने गर्छ र डिलर पनि हो भन्दै छोरालाई जोगाउने भए २० हजार रुपैयाँ दिनुपर्ने र पैसा नदिने हो भने मुद्दा हाली दिन्छौँ भन्दै धम्क्याएका थिए ।

उनीहरूले राजवंशीको साथमा भएको एघार सय रुपैयाँ लिँदै बाँकी पैसा लिन फेरि आउँछौँ भन्दै धम्की दिएका थिए । त्यसपछि उनीहरू दुई जना साउन १४ गते राति साढे नौ बजेतिर राजवंशीको घरमा आइ उहाँका छोरा २५ वर्षीय विशाललाई बाहिर बोलाएर हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको रु भन्दै धम्की दिएका थिए ।

त्यसपछि विकास उप्रेतीले आफ्नो कम्मरको बेल्ट खोली विशाललगायत अन्य व्यक्तिलाई हानेको भन्दै पीडित नयनसरी राजवंशीले असार २२ गते निवेदन दिनुभएको थियो । त्यसैका आधारमा विकास उप्रेती र टीका खत्रीलाई पक्राउ गरी उनीहरूमाथि अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

