Aamsanchar

हरिशंकर मिश्र प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त

Author Image
मङ्गलवार, भदौ १, २०७८

काठमाडौं- प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

महोत्तरीका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर