Aamsanchar

झापाका विद्यालयलाई विद्यार्थी संगठनको चेतावनी : यस शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्नु

Author Image
मङ्गलवार, भदौ ८, २०७८

झापा – कोभिड नाईन्टिन (कोरोना भाईरस) को वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन झापाका विद्यालयहरुलाई विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन्। एक प्रेस विज्ञप्ति निकाल्दै यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं संस्थागत विद्यालय तथा क्याम्पसहरुले अभिभावकहरुबाट चर्को शुल्क असुलिरहेका पाईएको बताईएको छ ।

आमविद्यार्थी र अभिभावकबाट आएको त्यस गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले त्यस्तो आफूहरुको आग्रहलाई बेवास्ता गर्ने प्रयत्न भएमा कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले विज्ञप्ति जारी गरी उक्त चेतावनी दिएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर