Aamsanchar

बिर्तामोडमा फोहोर विर्सजन स्थलको अध्ययन तथा छनौट समिति निर्माण

Author Image
मङ्गलवार, भदौ ८, २०७८

बिर्तामोड । विगत १० देखि बिर्तामोडको मुख्य सडक क्षेत्रको विभिन्न चोकमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाले स्थानिय राजनीति दलका नेता, व्यवसायीका अगुवाहरु संग सर्व पक्षिय छलफल गरेको छ ।

मंगलबार विहान भएको छलफलबाट फोहोर विर्सजन गर्ने स्थलको अध्ययन तथा छनौट समिति निर्माण गरेको छ ।

बिर्तामोडमो मुख्य सडक र टोल गल्लीहरुमा जता त्यतै फोहोरको कारण दुर्गन्ध फैलिएको भन्दै बिभिन्न सामाजिक संघ/संस्थाले तथा व्यक्तिले आवाज सञ्चार माध्ययमहरुमा आउन थालेपछि नगरपालिकाले आज आपतकालिन छलफलको कार्यक्रम राखेकोे थियो ।

नगरका क्रियाशिल राजनीतिक दल, बिर्तामोड उद्योग बाणिज्य संघ तथा सरोकारवालाहरुसँगको छलफलले फोहोरमैला व्यवस्थापन गर्न समिति निर्णण गर्ने निर्णय गरेको हो । समितिको संयोजकमा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा बिर्तामोड नगरपालिका वडा नं। ४ का अध्यक्ष कुलप्रसाद संग्रौला रहने गरी समिति निर्माण भएको छ ।

त्यस्तै समितिको सदस्यमा नेपाली काँग्रेसको तर्फबाट लक्ष्मी आचार्य, नेकपा एमालेको तर्फबाट सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन सुब्बा, राप्रपाको तर्फबट रञ्जु प्याकुरेल, बिर्तामोड उद्योग बाणिज्य संघका तर्फबाट प्रकाश शिवाकोटी, जसपाबाट सदस्य रहने गरी समिति निर्माण गरिएको नगरका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । त्यस्तै समितिको सचिवमा मेघराज बास्तोला रहने पाण्डेले बताए ।

नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र नगर इन्चार्ज युवराज दाहाल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बिर्तामोड–४ का अध्यक्ष कुलप्रसाद संग्रौला, नेपाली काँग्रेसका नगर सभापति लक्ष्मी आचार्य, नेकपा एमालेका नगर अध्यक्ष उमानाथ ओली, प्रदेशसभा सदस्य एकराज कार्की, संविधानसभा सदस्य हरिचरण वानियालगायतले आ–आफ्ना भनाई प्रस्तुत गरेका थिए । त्यस्तै नगरप्रमुख शिवाकोटीले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले संयुक्त रुपमा फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

यो पनि पढनु होस् ।

फोहोरको थुप्रोले विर्तामोड पुरिदै, दुर्गन्धले हैजा फैलिने खतरा (फोटो फिचर सहित)

यो भिडियो पनि हुर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर