


झापा- झापामा पछिल्लो २४ घण्टामा ४३७ जनाको परिक्षण गर्दा १६९ जना कोरोना संक्रमित थपिएका छन् ।
३४६ जनाको पिसिआर परिक्षण गर्दा १४४ जना र ९१ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ ।आज झापामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । झापामा कोरोनाको कुल संक्रमितको संख्या २७ हजार ३३० जना पुगेको छ भने १९ हजार ३४१ जना निको हुँदा २ हजार ५७३ जना सक्रिय संक्रमित रहेका छन् ।




Views: 234

