


झापा- झापामा पछिल्लो २४ घण्टामा ६२६ जनाको परिक्षण गर्दा १८३ जना कोरोना संक्रमित थपिएका छन् । ४४६ जनाको पिसिआर परिक्षण गर्दा १३८ जना र १८० जनाको एन्टिजेन परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ । झापामा कोरोनाको कुल संक्रमितको संख्या २७ हजार ५१६ जना पुगेको छ भने १९ हजार ५४८ जना निको हुँदा २ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् । आज झापामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सहित झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।


Views: 264

