Aamsanchar

उद्योगपति स्व. पर्शुराम अग्रवालको स्मृतिमा छोरी ज्वाइँले दिए मेची अस्पताल, रेडक्रस र स्काउटलाई स्वास्थ्य सामग्री

Author Image
बिहिवार, भदौ १०, २०७८
झापा- झापाका उद्योगी तथा समाजसेवी स्व. पर्शुराम अग्रवालको स्मृतिमा उनका परिवारजनले मेची अस्पताल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा र नेपाल स्काउट भद्रपुरलाई स्वास्थ्य सुरक्षा सामग्री पिपिई र मास्क प्रदान गरेको छ। स्वर्गीय अग्रवालको स्मृतिमा उनका छोरी मनीषा–ज्वाइँ साकेत बगाडियाबाट प्राप्त उक्त सामग्री भाइ गोपाल अग्रवाल र छोरी निधी गोयल अग्रवालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंकप्रसाद बारकोटी, रेडक्रस भद्रपुर उपशाखाका सभापति गोपाल गिरी र नेपाल स्काउटका संयोजक विवेक चम्लागाईंलाई एक संक्षिप्त कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । 
उनीहरूले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई १ सय थान पिपिई सेट, रेडक्रस भद्रपुर उपशाखालाई २५ थान पिपिई सेट र १५ सय मास्क तथा नेपाल स्काउटलाई ७५ थान पिपिई सेट दिएका थिए ।  स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा मेसु डाक्टर बाराकोटीले स्वर्गीय अग्रवालको व्यक्तिगत एवं सामाजिक जीवनको चर्चा गर्दै उनले पुर्‍याएको सामाजिक योगदानका बारेमा स्मरण गरेका थिए ।  नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले सामग्री हस्तान्तरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम समेत सञ्चालन गरेको रेडक्रस भद्रपुरका सचिव दीप लिम्बूले जानकारी दिए । 
-पुर्वान्चलदैनिकबाट
Views: 423

प्रतिक्रिया (०)

सम्बन्धित खबर