बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ ।
लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं बिर्तामोड उद्योग वाणिज्य संघले अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, गुञ्जन प्रसाई, राधिका चुडाल,अपाङगता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापा, हरि अधिकारी लगायतको आतित्थ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड–३ का २५ परिवारलाई राहत वितरण गरिएको हो । चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष भोजराज सिटौलाले बिर्तामोड उद्योग वाणिज्य संघले अत्यन्त राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वाणिज्य संंघका निर्वमान अध्यक्ष प्रकाश शिवाकोटीले वाणिज्य संघ सबैसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । वाणिज्य संंघका निर्वमान अध्यक्ष कुमार भट्टराईले संवाद समूहले आयोजना गरेको कार्यक्रममा झापाका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरु समस्यामा परेको बताएपछि विभिन्न संघ, संस्थाहरुले हरेक वडामा गएर राहत वितरण गरिरहेको र बिर्तामोडका १० वटै वडामा राहत वितरण गरिने जानकारी दिए ।
औचित्यमाथि वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष नैनाकला भट्टराईले गरेकी थिइन् ।
यसैबीच सोमबार कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई वीरता लेडी जेसीजले खाद्यन्न सहयोग गरेको छ । लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं वीरता लेडी जेसीजले अपाङ्गता भएका व्यक्तिहरुलाई सोमबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।
वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा विर्तामोड नगरपालिका–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शारीरिक अपाङ्गता भएका वडा नं ४ का १५ परिवारलाई चामल, दाल, नून तेल लगायतका खाद्यन्न सामग्री वितरण गरेको हो ।
विभिन्न सामाजिक काम गर्दै आएको वीरता लेडी जेसीजले अपाङ्गता भएका ब्यक्तिलाई हालसम्म कसैले सहयोग नगरेकाले उनीहरुलाई खाद्यन्न सहयोग गरेको बताइएको छ । संवाद समूहको संयोजनमा भएको कार्यक्रममा शारिरीक अशक्तता भएका व्यक्तिले सहयोग गरिदिन आग्रह गरेसंगै विभिन्न वडाहरुमा रहेका अपाङ्गता भएका ब्यक्तिलाई खाद्यन्न सहयोग गर्दै आएका छन् ।
वीरता लेडी जेसीजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सुमित्रा भट्टराईले स्वागत गरेको कार्यक्रममा आस्थावाचन मन्जु ओेलीले र सञ्चालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।
आज मंगलबारका नै छठ समाज सेवा समीति बिर्तामोड र सुनचाँदी व्यावसायी संघले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जिविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको हो ।
छठ समाजका वरिष्ठ उपाध्यक्षः रामेश्वर द्विवेदीको सभापतित्व एवम् बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्षः प्रकाश सिवाकोटी ,निवर्तमान अध्यक्ष कुमार भट्टराई,वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,उधोग उपाध्यक्ष एवम् प्रवक्ता सञ्जिव घिमिरे, सुनचाँदी व्यावसायी संघका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष बिजय श्राफ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य रमेश बराइलीले गरेको कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितीका महासचिव मनोज रौनियारले गरेका थिए ।