Aamsanchar

झापामा सशस्त्र प्रहरीद्धारा ब्राउन सुगरसहित दुई महिला पक्राउ

Author Image
बुधवार, भदौ १६, २०७८

झापा – सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा-१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी-७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । भारत पुगेर फर्किएका ती महिलाद्वय मङ्गलवार साँझ ५ बजे लुकिछिप ज्यामिरगढी नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

महिलाद्वय मेचीनगर नगरपालिका १५ स्थित कालिका टी स्टेट क्षेत्रबाट प्रवेश गरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगडीबाट खटिएका सप्रनानि यमप्रसाद दाहालको टोलीले शङ्का लागी चेकजाँच गरेका थिए । सशस्त्र प्रहरीले चेकजाँच गर्नुअघि ती महिलाद्वयले ल्याएको ब्राउन सुगर खेतबारी फालेका थिए ।

त्यसपछि सशस्त्र प्रहरीले खेतबारीबाट १६ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी भण्डारीले बताए । साथै सशस्त्र प्रहरीले उनीहरूको मोबाइल तीन वटा , नेपाली नगद १२ हजार १०५, इन्डोनेसियन एक हजारको नोट, नेपाली नागरिकता र डायरी बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका महिलाद्वयलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेको जनाइएको छ ।

Views: 365

प्रतिक्रिया (०)