Aamsanchar

बन्दका कारण देशभरको जनजीवन प्रभावित

Author Image
आइतवार, कार्तिक २८, २०७३

झापा ।

09a42031eb8e859045615b3e0f6312a3

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण झापा सहित देशभरको जनजीवन प्रभावित भएको छ ।

खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण झापामा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् । मोटरसाइकलहरु भने निर्वाल रुपमा सञ्चालनमा रहेको जिल्लन ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बन्दका कारण विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिनुभयो ।

कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उहाँले बताउनुभयो । सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)