Aamsanchar

हत्या गर्ने पाँचजना पुर्पक्षका लागि थुनामा

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

मोरङ  ।

jel

मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । दाहालको गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि धानबारीमा फ्यालेको अवस्थामा शव फेला परेको थियो ।

घटनामा संलग्न विराटनगर–५ की १८ वर्षीया फूलकुमारी उराव, सोही ठाउँका डाइलर भनिने २० वर्षीय युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव उराउ, २२ वर्षीय सुरज उराउ र हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई पक्राउ गरेर मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

घटनामा संलग्नले मागेका बेला लागुपदार्थ र चुरोट नदिएको विषयलाई लिएर नियोजित रुपमा दाहालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर